उग्रतारा साकोसको २०औं साधारणसभामा २० ज्येष्ठ सदस्यलाई सम्मान


काभ्रे । बनेपा–७, काभ्रेमा रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारणसभा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्व एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि शाक्यले सभामा बोल्दै केही सहकारीहरुमा आएको बिचलन र समस्याको बाबजुद पनि उग्रतारा बहुउद्देश्यीय सहकारी राम्रोसँग सञ्चालन हुन सक्नु राम्रो पक्ष भएको बताए । संस्थाले विष परिस्थितिमा पनि सदस्यको बिश्वास जित्न सफल भएको र यस सहकारी संस्थासंग हातेमालो गरी बनेपा नगरपालिका सामुदायिक काम गर्न तयार रहेको उनले बताए । संस्थाको शेयर सदस्य बनी संस्थासँग कारोबार गर्ने सम्पूर्ण शेयर सदस्यहरुलाइ ढुक्क भएर कारोवार उनले आग्रह गरे। सोही अवसरमा नगर प्रमुख शाक्यले संस्थाका ८० बर्ष र सो भन्दा माथिका २४ जना जेष्ठ सदस्यहरु तथा बचत र ऋण तर्फ उत्कृष्ठ कारोबार गर्ने ४ जना शेयर सदस्यहरुलाई जनही ५ हजारका दरले नगद सहित सम्मान गरेका थिए ।

साधारणसभामा संस्थाको प्रगति प्रतिबेदन सचिब दियेसरत्न शाक्यले र लेखा सुपरीबेक्षण समितिको प्रतिबेदन संयोजक शान्तिराज कायष्थले प्रस्तुत गरेका थिए । संस्थाको आ.ब. ०७९।८० मा शेयर पुँंजी ५ करोड २६ लाख ३१ हजार, साधारण तथा अन्यकोष ५ करोड ७९ लाख ४३ हजार, कुल बचत रु ७६ करोड ४८ लाख र सदस्यलाई गएको कुल ऋण ७२ करोड ८९ लाख र सरकारलाई रु ६१ लाखको करमा योगदान गरेको आर्थिक प्रतिबेदन कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले सभामा प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले र कार्यक्रम संचालन संचालक सदस्य दिब्यश्वरी लाखे पोटेले गरेकी थिईन् । संस्थाका संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको ४ बर्षे कार्यकाल समाप्त भई अर्को ४ बर्षे कार्यकालको लागि ९ सदस्यीय संचालक समिति समेत चयन भएको छ । संस्थाको अध्यक्षमा पूर्ण प्रसाद पलाञ्चोके, उपाध्यक्षमा पुष्पकाजी श्रेष्ठ,सचिबमा दियेसरत्न शाक्य, कोषाध्यक्षमा लक्ष्मीलाल राजभण्डारी, संचालक सदस्यहरुमा प्रकाश चन्द्र जोशी, उद्धब प्रसाद तिमिल्सिना, श्यामकृष्ण श्रेष्ठ, डा.बिद्या कोख श्रेष्ठ प्रधानांग र दिब्यश्वरी लाखे पोटे रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शान्तिराज कायष्थ, सदस्यहरुमा महेश्वरभक्त भोछिभोया र सुधिर कुमार पलाञ्चोके निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत रमेशप्रसाद हुमागाईले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *