प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण ऐतिहासिक हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि उनले राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँग पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे । उनले भने,‘हाम्रो देशको राष्ट्रियतालाई पनि ख्यालमा राख्दै अरु छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्नको लागि चिनियाँ पक्षसँग यसपालिको भ्रमणको बेला महत्वपूर्ण विषयमा छलफल हुनेछ । खासगरी व्यापार, दुई देशबीचका साझेदारी सम्बन्ध गम्भीर छलफल भएर निर्णय हुने देखिन्छ ।’

उनले चीनसँगको सम्बन्ध पारस्पारीक, मैत्रीपूर्ण, सुमधुर, व्यवस्थित र देशको राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने प्रकृतिको हुन आवश्यक भएको बताए ।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा केही क्षेत्रका नाकाहरु खोल्ने, व्यापारसँग सम्बन्धित विषय, ठूला ठूला परियोजनाका बारेमा २० बुँदे हस्ताक्षर भएको भन्दै चीनले नेपाललाई स्थल, जल र मनबाट संसारका मानव जातिबीच सम्बन्ध विस्तार गर्ने ढोकाको रुपमा बुझेको पनि उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *