नाडा अटो शोमा बीमा सचेतना फैलाउदै शिखर इन्स्योरेन्स


काठमाडौं । भदौ २६ गतेदेखि ‘नाडा अटो शो–२०२३’ को भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शो मा आएका सर्वसाधारणलाई शिखर इन्स्योरेन्सले तेस्रो पक्ष मोटर बीमाको बारेमा जानकारी दिँदै आईरहेको छ । मोटर बीमासम्बन्धी सम्पूर्ण बीमालेखको बारेमा अवलोकन गर्न आएका अवलोकनकर्ताहरुलाई बीमाबारे जानकारी दिँदै आईरहेको छ । सर्वसाधारणहरु बीमाबारे विस्तृत जानकारी लिन उत्सुक पनि देखिरहेका थिए । पछिल्लो समयमा सवारी साधन दुर्घटनामा पर्ने क्रम न्यून हुन सकेको छैन । सवारी साधनमा हुने दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्नका लागि पनि सवारी साधन बीमा आवश्यक छ । सवारीसाधन दुर्घटना भएको खण्डमा हुने आर्थिक क्षतिलाई कम गर्नका लागि राम्रो विकल्पको रुपमा सवारी बीमा छ । यसको अरु कुनै विकल्प पनि छैन ।

सरकारले तेस्रो पक्ष र यात्रु पक्ष बीमालाई अनिवार्य नै गरेको छ । मोटर अन्तगर्त यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु कार, जिप, ट्रक, बस, ट्याक्टर तथा मोटरसाइकललगायत पर्दछन् । मोटर बीमा भनेपछि तेस्रो पक्ष बीमा पनि जोडिन आउँछ । आफनो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पतिलाई क्षति पु¥याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम न्यून गर्नका लागि तेस्रो पक्ष बीमा आवश्यक पर्छ । यस्तोमा चाँही आफ्नो कुनै पनि साधनले अन्य जो कसैको सवारी साधनलाई कुनै पनि प्रकारको हानी पु¥याएको खण्डमा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी दिने गरेको छ । जसले गर्दा सवारी धनीले तेस्रो पक्ष बीमा गर्ने गर्दछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *