गैरीगाउँ हत्या प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंका तिनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । यसअघि हिजो घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी चौकी पुगेका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

तर घटनास्थल वरपरका सीसीटीभी फुटेजमा रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य कैद भएको पाइएपछि उनलाई पक्राउ गरिएको हो । तर, पक्राउ परेका ती ब्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *