गैरीगाउँ हत्या प्रकरण : एकै व्यक्तिले चारै जनाको हत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौं । काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एकै जनाले हत्या गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बिहान हत्यामा संलग्नलाई सीसीटिभिको आधारमा प्रहरी नियन्त्रण लिएपछि उक्त घटनाको निष्कर्षमा पुगेको प्रहरीले निष्कर्ष निकालेको हो । अहिले सम्म उक्त घटनामा संल्ग्न दुई जनालाई प्रहरी नियन्त्रण लिएको छ । उनीहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् । अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाले पूर्ण विवरण आउन सकेको छैन् ।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या भएको थियो। हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो । घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो । तर उनको संलग्नता नखुलेको प्रहरीको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *