लक्ष्मी ग्रुपले स्टील उद्योगको क्षमता बिस्तार गर्न २ अर्ब ७१ करोड लगानी गर्ने


काठमाडौं । नेपालको व्यापार र उद्योगमा स्थापित नाम लक्ष्मी ग्रुपले स्टील उद्योगको क्षमता बिस्तार गर्न थप २ अर्ब ७१ करोड ५५ रुपैयाँ लगानी गर्ने भएको छ । लक्ष्मी ग्रुपले समृद्धि ब्राण्डमा स्टील उत्पादन गर्दै आएको छ । उक्त उद्योगको क्षमता बिस्तार गर्न समृद्धि मेटालिक्स प्रालि कम्पनी स्थापना गरेर थप लगानी गर्ने भएको हो . सिद्धि लक्ष्मी स्टिल्स प्रालिले समृद्धि ब्राण्डमा उत्पादन गर्दै आएको लक्ष्मी ग्रुपले समृद्धि मेटालिक्समार्फत आफैंले बिलेट उत्पादन गर्ने भएको हो। सन् २०२१ मा सुरु भएको समृद्धि मेटालिक्स स्टील पगाल्ने प्लान्ट हो । टिएमटि उत्पादनका लागि आवश्यक रहने बिलेट्सहरु उत्पादन गर्ने काम समृद्धि मेटालिक्स गर्ने गरि यसलाई प्रस्तावित गरिएको छ । कूल लगानीमध्ये ७२ प्रतिशत बैंकबाट ऋण लिने र २८ प्रतिशत लगानीकर्ताले लगानी गर्ने गरी समृद्धि मेटालिक्स सुरु गरिएको हो ।

उद्योगमा गणेश बहादुर श्रेष्ठ, अञ्जन श्रेष्ठ, निराकर श्रेष्ठ, निरञ्जन श्रेष्ठ र सुनिल श्रेष्ठसँग बराबर स्वामित्व रहेको छ । यो कम्पनीले नवnपरासीको रामग्राम नगरपालिकामा आफ्नो १ लाख २० हजार मेट्रिक टन प्रतिवर्षको उत्पादन रहने कारखाना प्रस्ताव गरेको छ । लक्ष्मी ग्रुपकै सिद्धि लक्ष्मी स्टिल्सको कारखानासँगै समृद्धि मेटालिक्सको पनि कारखना प्रस्ताव गरिएको छ । हाल यो परियोजना विकासकै क्रममा रहेको सन् २०२३ सम्ममा लगानी पुरा गरिने अपेक्षा गरिएको छ । रेटिंग एजेन्सी इक्रा नेपालले १ अर्ब २४ करोड १० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिंग कम्पनीलाई दिएको छ । लक्ष्मी ग्रुप ५० वर्षदेखि व्यवसायमा सक्रिय छ । पोखराबाट डेरी उद्योगबाट व्यवसाय सुरु गरेको यो ग्रुपले हाल हुन्डाइ ब्राण्डका गाडीको नेपालका लागि आधिकारीक बिक्रेताको रुपमा काम गरिरहेको छ । त्यसैगरी, विद्युतीय सामाग्रीको व्यवसायका साथै चकलेट, प्लास्टिक र प्याकेजिङ, डेरी उद्योग, स्टील, निर्माण सामाग्री लगायतका व्यवसाय सञ्चालन गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *