नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने


काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्जा दिने योजना अगाडी सारेको छ । यस्तो कर्जाको व्याजदर पनि बैंकले तुलनात्मक रुपमा सस्तो नै राखेको छ । बेस रेटमा १ दशमलव ९९ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्ने छ । हाल बैंकको बसे रेट ९ दशमलव ५५ प्रतिशत रहेको छ । यस आधारमा बैंकले घर कर्जामा ११ दशमलव ५४ प्रतिशत व्याज लिनेछ ।

नेपालीहरुले घर कर्जाको व्याज १० प्रतिशतभन्दा माथि हुनुलाई उच्च व्याजदर मान्दछन् । तर अहिले बैंकहरुले निक्षेपकर्तालाई नै ११ प्रतिशतसम्म व्याज दिईरहेको बेलामा घर कर्जाको व्याज ११ दशलवम ५४ प्रतिशत हुनु महँगो होइन । बैंकको बेसरेट घट्दा सोही अनुपातमा कर्जाको व्याजदर पनि घट्नेछ भने वेस रेट बढेको अवस्थामा कर्जाको व्याजदर पनि सोही अनुपातमा बढ्नेछ । पछिल्लो समय बैंकहरुको बेसरेट क्रमशः घट्दै गएको छ ।

नेपाल बैंकले घर वा जग्गा खरिद गर्नको लागि पनि सोही व्याजदरमा कर्जा दिने जनाएको छ । यस्तो सुविधा राजधानी र शहरी क्षेत्रमा मात्र हुने बैंकले सर्त राखेको छ । नेपाल राष्ट्र बैंकले ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट किन्न वा बनाउनको लागि २ करोड रुपैयाँसम्म घर कर्जा दिन पाउने र यस्तो कर्जा धितोको ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँग आवास निर्माण र निर्माण सामाग्री उत्पादन तथा व्यापारले गति लिने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *