राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृह जिल्ला तनहुँ जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लागेका हुन् ।

व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते(शनिबार) उनी तनहुँको दमौली जान लागेको जनाइएको छ ।

तनहुँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार राष्ट्रपति पौडेल शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई काठमाडौं फर्किने छन् । बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *