नागेल्सम्यान बने जर्मनी राष्ट्रिय फुटबल टिमको प्रशिक्षक

काठमाडौँ । जुलियन नागेल्सम्यान जर्मनी राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बनेका छन् । ३६ बर्षिय नागेल्सम्यानलाई जर्मनी फुटबल फेडेरेसनले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

उनलाई जर्मनीले २०२४ को जुलाई ३१ सम्मका लागि प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । जर्मनीले हालै जापानसँगको खेलमा आफ्नो टिमको हार भएपछि तत्कालिन प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको थियो । अब नागेल्सम्यानले जर्मनीमै करिब ९ महिनापछि हुने युरोकप २०२४ मा जर्मनीको नेतृत्व गर्ने भएका छन् । उनको नेतृत्वमा जर्मनीले अब अक्टोबर १४ मा अमेरिकाको सामना गर्ने छ भने अक्टोबर १७ मा मेक्सिकोसँग खेल्ने तालिका रहेको छ ।

नागेल्सम्यान २०२१ को जुलाई १ देखि २०२३ को मार्च २४ सम्म बायर्न म्युनिखको प्रशिक्षक रहेका थिए । त्यसपछि उनी जर्मनी क्लब आरबी लेइपजंगको प्रशिक्षक थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *