माछापुच्छ्रे बैंकका डेपुटी सीइओ न्यौपाने नेप्सको अध्यक्षमा


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरे । विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । साथै उनीसँग बैंकिङ्ग क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *