आईएमई मार्फत सामाजिक सुरक्षामा रकम जम्मा गर्न सकिने


काठमाडौं । आईएमईले विदेशमा रहेका नेपालीले सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । विदेशमा रहेको आईएमई रेमिट्यान्ससँगको पार्टनरसीप मार्फत सजिलै विदेशमा रहेका नेपालीले यो सुविधा लिन सक्नेछन् । सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आईएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधा मार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *