नेपाली टोली एसियाड खेल्न हाङजाओ प्रस्थान , सन्दीप भोलि जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् ।

एसियाड खेल्न नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ । नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएका थिएनन् । तर, काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेपछि उनी भोली सोमबार चीन जाने भएका हुन् ।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ । खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६ः४५ बजे हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ । क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन् । एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *