नेपाली सेनाका प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी आइतबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधानसेनापतिको सहभागीता रहने छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *