मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनामा सरकार गम्भीर रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री श्रेष्ठले बिभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् । बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुराउने काम भइरहको भन्दै उनले यस बिषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाइएर संयुक्त वक्तव्यसमेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताए ।

त्यस्तै, उनले सुन तस्करी लगाएतका भ्रष्टाचारका प्रकरणमा गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले असम्बन्धित बिषयमा पनि समितिमा आफुलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।
त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै बिभिन्न प्रकरणको अनुसन्धानका बिषयमा सरकारको ध्यनाकर्षण गराएका थिए । बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताए । उनले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताए ।

त्यस्तै, समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीको दवावमा सेनाका सहायक रथी यम बहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *