वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’


काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना देशभर ८ असोजदेखि सुरु भएर १० मंसिर २०८० सम्म लागू हुनेछ ।

यस योजना अन्तर्गत ८ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले २५ हजार रूपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रूपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम १ लाख रुपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *