६० किलो सुन तस्करी प्रकरण : १३ प्रतिवादीको सकियो बयान

काठमाडौं । नेपालमा अवैध रुपमा हङकङबाट ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीले बयान दिइसकेका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना प्रतिवादीको बयान सकिएको उच्च स्रोतले जनाएको छ । चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङको बयान पुरा भएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन् ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुुुसार तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङले पनि बयान दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *