अभियन्ता ईः र महानगरपालिकाबीच आज वार्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।

दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ । मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।

‘उहाँहरुको माग के रहेछ, महानगरले गर्दा के समस्या भएको हो, के गरिदिनुपर्ने हो भनेर हामीले आज बोलाएका छौं, त्यसपछि थप छलफल हुन्छ’ भूपदेवले भने । वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन्

यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *