उपप्रमुख डंगोलले भेटिन् सभागृह अगाडी उभिएका अभियन्ता ई:

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडी १६५ घण्टादेखि उभिएर विरोध गरिरहेका अभियन्ता ई: लाई भेट गरेकी छन् ।

मंगलबार बिहान उपप्रमुख डंगोलले अभियन्तालाई भेटेर सडक व्यवसायीका लागि वैकल्पिक व्यवस्था गर्न आफुले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएकी हुन् । अभियन्ता ई: सहितका अभियन्ताहरुले गत मंगलबारदेखि नगर प्रमुख बालेन शाहले चुनाव अघि गरेको प्रतिबद्धता विपरित सडक व्यवसायीमाथि ज्यादति गरेको भन्दै विरोधमा रहेका छन् ।

सोमबार बालेनले वार्ताको प्रयास गरेको विषय बाहिर आएपनि अहिलेसम्म बालेनसँग भने औपचारिक वार्ता हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *