दुबै युवा हुनुहुन्छ, समाधन निकाल्नुस्, महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्ती केपी ओलीले काठमाडौंँ महानगरपालिकाले खाली गरेको फुटपाथको बाटोप्रति आफ्नो दुई मत नभएको बताएका छन् ।

पुर्वप्रधानमन्त्ती ओलीले सामाजिक संजालमा एक पोष्ट गर्दै फुटपाथका बारेमा सकरात्मक भएको उल्लेख गरेका छन् । उनले महानगरबाट गरिबी लखेट्नु ,पर्ने तर गरिब नभएको उल्लेख गरेका हुन् । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गर्दै आएको र महानगरमा गरिबले गरिखाने आधार नभएको भन्दै राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका ईः अभियन्ताको विषयलाई लिएर ओलीले महानगरका मेयर र उपमेअर मिलेर देखिएको समस्याको समाधान गरी ई स्अभियान्ताको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अहिले ८ दिनदेखि राष्ट्रिय सभा गृह अगाडि उभिरहेका ईः अभियन्ता भेटेकी छिन् । मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेर उपमेअर डंगोलले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेकाले ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध भएको बताएकी छिन् । आफ्नो अधिकार सीमित रहेको भन्दै उनले ‘आफ्नो ठाउँबाट पहल गर्ने समेत प्रतिवद्धता जनाएकी छिन् ।

यस्तो छ उनले लेखेको स्टाटस्

हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।

हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो ।

उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् ।

हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।

समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !

धन्यवाद !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *