पारदर्शी ढंगले जहाज किन्छौं, जहाज किन्दा कुनै भ्रष्टाचार हुन दिदैनौँ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बताएका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा कुनै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाए । ‘हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले, धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छौँँ । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन’, उनले भने ।

समुद्रसँग नजोडिएको देशको पर्यटनका निम्ति जहाज नै महत्वपूर्ण मेरुदण्ड हुने मन्त्री किरातीले बताए । उनले नेपाली आकाशलाई कालोसूचीबाट हटाएर पर्यटकको विश्वसनीय गन्तव्य बनाउने पनि बताएका छन् ।

‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छौँँ । हामी छिटै परिणाममा पुग्नेछौं । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस गरिरहेका छौं’ उनले भने ।

मन्त्री किरातीले पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजाने बताए । ‘हुनत त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्नेछौँ’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *