सिद्धि लक्ष्मी स्टिल्सले एकै वर्ष गर्‍यो करिब २ अर्बको व्यापार


काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सिद्धि लक्ष्मी स्टिल्स प्रालि सन् २०१७ मा सुरु भएको कम्पनीले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । तर कम्पनीको व्यापारमा गतवर्षको तुलनामा गिरावट आएको छ । कम्पनीको २०२३ को व्यापार २०२२ को तुलनामा ५१ प्रतिशतले व्यापार कम भएको हो । सन् २०२० यता निरन्तर उकालो लागिरहेको सिद्धि लक्ष्मी स्टिल्सको व्यापार २०२३ मा आएर कम भएको हो । कम्पनीले २०२० मा १ अर्ब २५ करोड ५९ लाख रुपैयाँको व्यापार गरेको थियो । २०२१ मा कम्पनीको व्यापार ३ अर्ब ६३ करोड १६ लाख रुपैयाँ भएको थियो भने २०२२ मा ४ अर्ब ७ करोड ६४ लाख रुपैयाँको व्यापार भएको थियो । २०२२ को तुलनामा २०२३ मा भने कम्पनीको व्यापारमा ५१.५८ प्रतिशतको कमी आएको छ । २०२३ मा कम्पनीले १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ । नेपाल उधोग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ तथा उनकै पारिवारको स्वामित्वमा रहेको थियो ।

कम्पनीको सम्पूर्ण स्वामित्व लक्ष्मी ग्रुप र अन्जन श्रेष्ठसँगै गणेश बहादुर श्रेष्ठ, निराकर श्रेष्ठ र निरञ्जन श्रेष्ठसँग रहेको छ । सिद्धि लक्ष्मी स्टिल्सले समृद्धि स्टिल्स नाममा टिएमटी स्टिल छडहरु उत्पादन गर्दै आएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा २ लाख मेट्रिक टनको उत्पादन कारखाना रहेको कम्पनीले सन् २०१९ अक्टोबरबाट उत्पादन सुरु गरेको थियो । छड उत्पादनका लागि आवश्यक रहेको बिलेटहरु सिद्धि लक्ष्मी स्टिल्सले भारतबाट आयात गर्दै आएको छ । तर, हाल भने लक्ष्मी ग्रुपकै लगानीमा समृद्धि मेटालिक्सको स्थापना भएको छ, जसमा छड उत्पादन गर्नका लागि बिलेट उत्पादन गर्ने कारखाना सुरु हुनेछ । उक्त कम्पनी कुल १ अर्ब ७२ करोड ३३ लाख रुपैयाँको लगानीमा सुरु हुँदैछ । व्यापारमा कमी आएको सिद्धि लक्ष्मी स्टिल प्रालिको मुख्य व्यापार छडमै आधारित रहेको छ । ९५ प्रतिशत व्यापार छडबाट हुने गरेको छ भने बाँकी विभिन्न किसिमका स्टिल्स र फलामका उत्पादनबाट हुने गरेको छ । हाल कम्पनीले ३ अर्ब १८ करोड ६० लाख रुपैयाँको कर्जा लिनका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सिद्धि लक्ष्मी स्टिल्सलाई ९३ करोड ६० लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि बि प्लस रेटिङ दिएको छ भने २ अर्ब २५ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *