एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने

काठमाडौं । आइतबार अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउने भएकी छिन् । नेपालमा उनको बसाई अवधि पाँच दिनको हुने स्रोतले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार एमसीसीकी सीईओ एलिस एमसीसी कार्यान्वयन भएको उपलक्ष्यमा नेपाल आउन लागेकी हुन् । अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि एमसीसी नेपालमा गत १३ भदौबाट कार्यान्वयनमा आएको हो ।

‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्ने दुतावासले जनाएको छ । अनुसार नेपालभ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने लगाएत एमसीसी कार्यान्वयन अघिका चुनौतीहरुलाई सम्बोधन गर्ने लगाएत एमसीसीको लाभ नेपालसम्म पु¥याउने विषयमागि एलिस प्रतिवद्ध रहेको दुतावासले जनाएको छ ।

एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तालिका तय भएको छ । भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।

एमसीसीमा हस्ताक्षर भएको ६ वर्ष र नेपालको संसदले अनुमोदन गरेको दुई वर्षपछि कार्यान्वयमा गएर सम्पन्न गर्ने पाँच वर्षे अवधि १३ भदौबाट सुरु भएको छ । तर अझै पनि नेपालमा विभिन्न राजनैतिक दलहरुले उक्त परियोजनामाथि आंसका गरिरहेकाले यसको कार्यान्वयनमा चुनौती देखा परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *