दोलखाकाे सिंगटीबाट थप तीन किलो सुन बरामद

काठमाडौं । प्रहरीले दोलखाको सिंगटीबाट ३ किलो सुन बरामद गरेको छ । बुधबार मात्रै प्रहरीले उक्त स्थानबाट ४ किलो सुन बरामद गरेको थियो । यस्तै, शुक्रबार बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखा प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी दोलखाका डिएसपी दिपक खड्काका यसअघि ४ किलो सुनसहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको हो । बिगु–१ का स्थानीय केशर जामुनेस्थित सिता तामाङको घरमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । सुन ओसारपसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ६ जना पुगेका छन् ।

यसअघि प्रहरीले बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *