एक सातामा अष्ट्रेलियामा ४ सय जङ्गलमा आगलागी

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ । कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन् ।
कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो । बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *