भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा पैदलयात्रीको मृत्यु


काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे ६ बजे पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च। २०४९ नम्बरको कार एक आपसमा ठोक्किदा कार अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका ५८ वर्षीय योगराज बरालको उपचारका क्रममा आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *