इजरायलबाट विद्यार्थीहरूको गुहार, ‘साथिको निधनले छाति चिरिएको छ, हामीसँग पनि गोली निल्नुको विकल्प छैन’

काठमाडौं । इजरायलको द्वन्द ग्रस्त क्षेत्रमा फसेका एक नेपाली विद्यार्थीले आफुहरुलाई स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल पुगेका अन्नपूर्ण गाउँपालिका–२ कास्कीका विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्रमार्फत आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘यस देशबाट केहि सिप सिकेर आफ्नो देशमा भएर केहि गर्ने हाम्रो सपनाको संसार ११ महिनामै भत्किँदै गएको छ । हाम्रो आत्मबल घट्दै भइरहेको छ, मानसिक तनावमा पुग्न आँटीसकेका छौं । धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।’

उनले अगाडी भनेका छन्, आकाशमा चरा उडेको देख्ने हामी आज मिसाइल र फाइटर प्लेन उडेको देख्नुपरेको छ । तिहारमा पटाका पट्काउँदा रमाउने हामी आज आफु अगाडी बन्दुक पड्किरेहेको देखेर त्रसित भएका छौं । बंकरमा लुक्यो भने त्यहि भित्र नै छिरेर आक्रमण गरिरहेको छ ।’

त्यस्तै उनले सहपाठी साथीको निधनले छाति चिरिएको बेला सरकारले आफुहरुको चाँडो उद्दार नगरे आफुहरुसँग पनि गोली निल्नुको अर्को विकल्प नभएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *