इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार सर्वजनिक बिदा, राष्ट्रिय शोक घोषणा

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सर्वजनिक बिदा, राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ । बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ । हमासको आक्रमणमा अहिलेसम्म ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको छ भने थाइल्याण्डका १२ र १० नेपाली नागरिकसहित २४ विदेशी नागरिकको मृत्यु भएको जनाइएकाे छ । त्यसैगरी इजरायलको आक्रमणमा अहिलेसम्म गाजापट्टीमा ४०० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *