युवा संघको तागत ननाप्न प्रसाईलाई एमाले नेता बस्नेतको चेतावनी


काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् । सोमबार दिउँसो जमलस्थित एलोप्यागोडा होटलमा केही व्यक्तिले प्रसाईलाई कालोमोसो दलेका थिए । प्रसाईले आफूलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै कानूनी प्रकृयामा नजाने तर पैंचो तिर्ने चेतावनी दिएका थिए ।

प्रसाईको चेतावनी सार्वजनिक भएपछि युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले युवा संघको तागन नपाप्न प्रसाईलाई प्रतिउत्तर दिए । ‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन् । अब सुध्रिउँ, अरुलाई दोष नलगाउँ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई ’ बस्नेतले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *