शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *