यू-१९ एसीसी प्रिमियर कप – इरानमाथि नेपालको जित

काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपाल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।

साथै अन्य ब्याड्सम्यान भने लामो समय सम्म टिकेपनि रन बनाउन भने सकेनन् । साथै नेपालका लागि देवले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका थिए । भने पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले कीर्तिमान समेत बनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *