पर्यटनउद्यमी शाहलाई अवार्ड


काठमाडौं । पर्यटनउद्यमी अभिषेकविक्रम शाहलाई ‘आउट स्ट्यान्डिङ हस्पिटालिटी अवार्ड’ प्रदान गरिएको छ । नेपालको आतिथ्य उद्योगमा शाह एक प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित छन् । सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत एसियन प्रोफेसनल अचिभमेन्ट अन्तर्गतको सो अवार्ड प्रदान गरिएको हो ।

बेस्ट रिेसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरे । पर्यटन उद्योगमा शाहको दुई दशकभन्दा बढीको अनुभव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *