युएईले नेपाललाई दियो १४१ रन को मध्यम लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई १४० रन को मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ । युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । खालिद शाह र मोहम्मद फराजुद्दीन शुन्य रनमै आउट भएका थिए ।

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एकएक विकेट लिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *