सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५ सय


काठमाडौं । सुनको दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ हजार पुगेको छ । बिहीबार प्रतितोला १३ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *