सौन्दर्य प्रतियोगितामा क्रिस्मा र सोलिनाले जिते उपाधि


काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा सुश्री क्रिस्मा र श्रीमती सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’तर्फ अरुणा पुरी तथा ‘मिसेस’तर्फ श्रीमती प्रिना राई गुरुङ फस्ट रनर अप भए ।

यस्तै ‘मिस’तर्फ विनिता खड्का र ‘मिसेस’तर्फ श्रीमती झरना काफ्ले सेकेन्ड रनरअप भए । प्रतियोगिताका शीर्ष टाइटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तर्राष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *