उत्तरी गाजाको शरणार्थी शिविरमा इजरायलको भिषण आक्रमण

गाजा । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ ।

हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ । इजरायली सेनाले यस अवधिमा आफ्ना ९ सैनिकको पनि ज्यान गएको जनाएको छ । गाजाको जबलिया क्षेत्रमा रहेको करिब १.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शरणार्थी शिविरमा आक्रमण हुनुअघि यहाँ करिब १ लाख १६ हजार मानिसले शरण लिएको बताइएको छ ।

अर्कोतर्फ इजरायली आक्रमणका कारण गाजामा सञ्चार र इन्टरनेट सेवा फेरि ठप्प भएको छ । जसका कारण गाजाका २० लाखभन्दा बढी मानिस संञ्चारबाट विच्छेद भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *