केही विदेशी नागरिकलाई छिट्टै रिहा गर्छौं- हमास

काठमाडौँ । हमासको सशस्त्र शाखा आगामी दिनमा बन्धक बनाएका थप विदेशी नागरिकलाई रिहा गर्ने जानकारी दिएको छ ।

हमासको कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आगामी दिनमा केहि बन्धकलाई रिहा गर्ने बताएका हुन् । उनले केहि देशले आफ्ना देशका नागरिकको रिहा गर्न अनुरोध गरेको बताउदै छिट्टै रिहा गर्ने बताए तर उनले कुन देशका नागरिकलाई रिहा गर्दै छन् भन्ने बारेमा भने जानकारी दिएका छैनन् ।

हमासले अहिलेसम्म ४ बन्धकलाई रिहा गरेको छ । जसमा २ अमेरिकी र २ जना इजरायली नागरिक रहेका छन् । रिहा भएका चारै जना महिला हुन् ।

हमासले अहिलेसम्म विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई बन्धक बनाएको बताइएको छ । तर यकिन आँकडा भने स्पष्ट रहेको छैन । अहिलेसम्म नेपालका विपिन जोशी पनि हमासको इजरायलमा आक्रमणपछि बेपत्ता रहेका छन् । उनलाई हमासले बन्धक बनाएको बारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *