जुवातास खेल्दा पक्राउ परेका इकु ,गजित बिष्ट चक्र बमसहित ९ जना धरौटीमा रिहा

काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५(१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनिहरुलाई मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले गत शनिबार राति पक्राउ गरेको थियो ।

स्थानीय रमेशनाथ पाण्डेको घरमा विष्ट दाजुभाइले डान्स तालिम केन्द्र चलाउँदै आएका छन् । रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *