लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने


काठमाडौं । लक्ष्मी सनराइज बैंकका साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकका अनुसार कोहलपुर नगरपालिका ११ न्यूरोड चोक शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थानबाट कारोबार हुने छ । यस्तै, तुलसीपुर उपमहानगरपालिका ५ ङ लाइनमा रहेको शाखा कार्यालय शाखा गाभिएर तुलसीपुर उपमहानगरपालिका ६ घोराहीस्थित साविक लक्ष्मी बैंकको शाखा कार्यालयबाट कारोबार हुने बैंकले बताएको छ । कात्तिक २३ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *