यू-१९ एसिया कप : खेल तालिकामा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँग समुह ए मा

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले बुधबार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ ।

दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८) देखि पुस १ (डिसेम्बर १७)सम्म हुने एसीसीले जनाएको छ ।

खेल तालिका अनुसार नेपालले मङ्सिर २२(डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५)मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *