तीन दिन लगातार बढेको सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

अघिल्ला तीन दिन लगातार बढेको बजार आज बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से परिसुचक घटेर १८५२ विन्दुमा कायम भएको छ । तर आज नेप्से घटेता पनि कारोबार रकम भने बढेको छ ।

बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को भने स्थिर रहेको छ ।

बिहीबार सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, होटल तथा पर्यटन ३९, जलविद्युत् १६, जीवन बीमा १०१, उत्पादन १२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३९, अन्य २२ र ब्यापार उपसमूह ३ अंक घटेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *