मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।

अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

हाल नेपालमा टिकटक बन्द रहेतापनि बिभिन्न माध्यमबाट टिकटक चलाउने प्रयास रहेको छ । तर अबभने बन्द गर्ने वा पुन्: सुचारु गर्ने भन्ने कुराभने सर्वोच्चको निर्णय पछि थाहा हुने छ ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *