माइतीघर मण्डलामा टिकटकरहरुको प्रदर्शन (हेनुहोस्)

काठमाडौं । सरकारले टिकटकको माध्यमबाट गैरकानुनी गतिविधि र सामाजिक बिक्रिति बढेको भन्दै टिकटक बन्द गरेपछि अहिले टिकटकमाथि लगाएको प्रतिबन्धका बारेमा जताततै आलोचना भइरहेको छ ।

आलोचनाकै बिचमा आज (सोमबार) टिकटक चलाउन पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई समेत हुदैँ छ । टिकटकमाथि सर्वोच्चमा परेको रिटको सुनुवाई हुने दिन काठमाडौंँको माइतीघर मण्डलामा टिकटकरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारसमक्ष विभिन्न माग राख्दै प्लेकार्ड सहित प्रदर्शन जारी राखेका हुन् ।

‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु। लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजीमा उत्रिएका छन् ।टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *