माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको असोज १८ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *