श्री एयरलाइन्सको मंसिर १५ बाट सुर्खेत उडान


काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आउँदो मंसिर १५ गतेबाट काठमाडौं सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ। दैनिक एउटा उडान गर्ने गरी गत नागरिक उड्‍डयन प्राधिकरणबाट अनुमति लिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। ‘व्यावसायिक योजना अनुसार हामीले तत्काल सुर्खेत उडान गर्न लागेका हौँ। यो सँगै काठमाडौं भरतपुर उडानको प्रक्रिया सुरु गरिसकेका छौँ ।

‘६ महिना यता बन्द गरिएको काठमाडौं भद्रपुर उडान पनि छिट्टै सुरु गर्ने योजनामा छौँ। उनका अनुसार कम्पनीले काठमाडौं(सुर्खेत उडान भाडादर ६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। हाल यो गन्तव्यमा बुद्ध एयरले दैनिक २ नियमित उडान गर्दै आएको छ। हाल कम्पनीले ४ मध्ये २ वटा सीआरजे र ४ वटा क्यू ४०० ‘टर्बोप्रोप’ जहाजमार्फत पोखरा, नेपालगञ्‍ज, विराटनगर, धनगढी नियमित उडान गर्दै आएको छ। भद्रपुर तर्फको पुनः नियमित उडान तथा सुर्खेत र भरतपुरको उडान विस्तार गरेसँगै कम्पनीको गन्तव्य संख्या ७ पुग्‍ने उनले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *