सेयर बजारमा हरियाली , १ महिनापछि १९ सय विन्दुमाथि पुग्यो

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ । यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३ वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *