हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा अवार्ड


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शले उत्कृष्ठ लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर नेपाल) र अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्डबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्शले मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत .(सीईओ) बिजयबहादुर शाहलाई उक्त अवार्ड प्रदान गरेको हो । इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एशियाली देशका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान गर्दै आएको छ ।

एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा विश्व प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले स्वतन्त्र मूल्याङ्कन गर्छ । सोही आधारमा कम्पनीले लघुबीमा क्षेत्रमा गरेको सेवा प्रवाह र प्रभावकारीता र प्रविधिको प्रयोगले बीमा सेवामा सहजता उपलब्ध गराएको र पहुँच अभिवृद्धिमा जोड दिएकोमा कम्पनीलाई उक्त पुरस्कार प्राप्त गरिएको सीईओ शाहले बताए । हिमालयन एभरेस्टले पछिल्लो समय प्रत्येक वर्ष कुनै न कुनै अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ । यसअघि गत वर्ष सिंगापुरमा इन्स्योरेन्स एसियाले हिमालयन एभरेस्टलाई इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल अवार्ड र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड प्रदान गरेको थियो । कम्पनीले विगत ३० वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *