माछापुच्छ्रे बैंकको नेपालमै पहिलो पटक सञ्चालनमा फिनपीओएस प्रविधि


काठमाडौं । माछापुच्छ्रे बैंकले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ । बैंकले नेपालमै पहिलो पटक यो प्रविधि प्रयोगमा ल्याएको हो । नेपालभरका फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (साउन्ड) बाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरु कार्ड, क्यूआर(नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने बताइएको छ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपीओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै, अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जडान गर्न सक्नेछन् । यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *