अग्नि ग्रुपद्वारा सिन्धुलीका ग्राहकलाई ट्रियो इलेक्ट्रिक अटो हस्तान्तरण


काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले सिन्धुलीमा एकैपटक १६ वटा ट्रियो इलेक्ट्रिक अटो ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार ३ जना महिला र १३ जना पुरुषलाई ट्रियो इलेक्ट्रिक अटो हस्तान्तरण गरिएको हो । सिन्धुलीमा ट्रिओ इलेक्ट्रिक अटोलाई ग्राहकहरुले रुचाएको कम्पनीको भनाइ छ । अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीय बासिन्दालाई इलेक्ट्रिक अटो ट्रियो खरिद गर्न सहज र झन्झटमुक्त बनाइएको कम्पनीले बताएको छ ।

सवारी साधन बीमा गर्नका लागि भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ । वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना भएको कम्पनीले बताएको छ । पछिल्लो समय सिन्धुलीका सडकमा ट्रियो इलेक्ट्रिक अटोको संख्या उल्लेखीय मात्रामा बढेको कम्पनीको भनाइ छ । नयाँ तथा पुराना ट्रियो अटो ग्राहकसँगै ७ मंसिरमा सिन्धुलीको सडकमा ट्रियो इलेक्ट्रिक अटो प्रदर्शन गर्नुका साथै बजार परिक्रमा गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारीक बिक्रेता खड्ग श्रेष्ठ र टिका श्रेष्ठ सहित सिन्धुली शाखाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *