भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर निर्माण गर्ने


काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् ।

भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले भाटभटेनीको टंगालमा रहेको स्टोर विस्तारसँगै कर्पोरेट कार्यालयको शुभारम्भ भएको जानकारी गराए । काठमाडौंको टंगालसहित देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर सञ्चालनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *