सेयर बजार १७.९३ विन्दुमा झर्‍यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ ।

सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिदैँ बुधबार नेप्से परिसूचक १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेर ३५८.८९ विन्दु कायम भएको छ ।

यस दिन २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ वटामध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । अन्य उपसमूहको समूहगत सूचक भने बढेको छ । विजय लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेर कारोबार भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *